arrow

नेपालमा कोरोना संक्रमणको लहर बढ्दो, तयारी फितलो, थपिए ३४

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
corona-virus-covid-19.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी दिनानुदिन बढ्दो क्रममा रहेको छ । तर सरकारको तयारी भने फितलो देखिएको छ । 

भारतमा निरन्तर संक्रमित बढिरहँदा खुलानाकाहरुमा कुनै सावधानी अपनाइएको छैन । त्यसैगरी विमानस्थलमा पनि कुनै किसिमको सचेतना अपनाइएको छैन । 

बुधबार मात्रै ३४ संक्रमित थपिएका छन् । जसमा ५३० पीसीआर परीक्षणबाट २५ जनामा संक्रमण देखिएको हो । यो परीक्षणको ४.७२ प्रतिशत हो । 

त्यसैगरी ८०० एन्टिजेन परीक्षणबाट ९ जनामा संक्रमण देखिएको हो । 

बुधबार एक जना पनि संक्रमणमुक्त भएका छैनन् । बुधबार एकैदिन ६१ हजार १२९ जनाले खोप लगाएका छन् । 

योसँगै पीसीआरबाट पाइएका सक्रिय संक्रमितको संख्या १०३ पुगेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ