arrow

खुशियाली छायो शेयर बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक १७‍७० अंकले वृद्धि भई १९०६ को विन्दुमा उक्लिएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ अंकले बढेर ३५८ विन्दुमा पुगेको छ।

यसअघि आइतबारको कारोबारमा भने शेयर बजारमा गिरावट आएको थियो । सो दिन नेप्से परिसूचक नेप्से परिसूचक २६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको थियो  । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार कूल २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।

नेप्से सूचकमा १६७ कम्पनीमा वृद्धि भएको छ । ४४ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । शीर्ष स्थानमा रहेको हिमालय डिस्टिलरीको सर्वाधिक शेयर कारोबार भएको छ । 

उक्त कम्पनीको ५ करोड ९० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । यसैगरी कारोबारको आधारमा जीवन विकास लघुवित्त भने दोश्रो स्थानमा रहेको छ। यसको आज ४ करोड ७० लाख भन्दाबढीको कारोबार भएको छ। 

सोमबार १३ उपसूचकहरुमध्ये माईक्रोफाइनान्स बमहेक सबै उपसुचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै विकास बैंक, फाइनान्स, जिवन बिमा र निर्माण प्रशोधन २ प्रतिशतले वृद्धि भएको छ। 

आजको सुपरमाइ हाइड्रोपावर कम्पनीको, एसियन हाइड्रोपावरका र कालिन्चोक दर्शन १० प्रतिशतको सेयर कारोबार भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएका छन् । 

यसैगरी अजोड जिन बिमाको ८.३० प्रतिशत र लक्ष्मी लघुवित्त वित्तिय संस्थाको ५.५२ प्रतिशतको कारोबार भएको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ