arrow

सीकेले तोके छ जिल्लामा इञ्चार्ज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
aaropi-ck-raut.jpeg

काठमाडौं।   जनमत पार्टी अध्यक्ष सीके (चन्द्रकान्त) राउतले मधेसका छ जिल्लामा आफ्नो पार्टीको इञ्चार्ज तोकेका छन् । 

जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न इञ्चार्जको जिम्मेवारी तोकिएको अध्यक्ष  राउतले जानकारी दिए ।

पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाको इञ्चार्ज तोकिएको छ। उनका अनुसार पर्सामा माधवप्रसाद सिंह इञ्चार्ज, ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी सहसंयोजक तोकिएका छन् । 

यसैगरी रौतहटमा वृजकिशोर यादव, सर्लाहीमा श्रीचनराय यादव, महोत्तरीमा सौरभ साह, धनुषामा सुरेन्द्र मण्डल र सिरहामा विनोद यादव इञ्चार्ज तोकिएका सो पार्टीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ