arrow

कालिन्चोक र एसियनको शेयर कारोबार खुला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेड र एसियन हाइड्रोपावरको शेयर कारोबार बिहीबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुरु भएको छ । ‘केडीएल’ र ‘एएचएल’ संकेतमा शेयर कारोबार शुरु भएको छ ।

कालिन्चोक दर्शनको पहिलो कारोबार प्रतिकित्ता १३४.४० रुपैयाँमा भएको छ । उक्त भाउलाई आधार मानेर कारोबार हुनेछ ।

नेप्सेले कालिन्चोकको पहिलो कारोबारका लागि प्रतिकित्ता ७८.१५ रुपैयाँदेखि २३४.४५ रुपैयाँसम्म रेन्ज तोकेको थियो । सोही रेन्जभित्र रहेर यसको कारोबार खुला भएको हो । 

यता एसियन हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता २९८.८० रुपैयाँमा भएको छ । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।

नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९९।६० रुपैयाँदेखि २९८.८० रुपैयाँ तोकेको थियो । सोही रेन्जको विन्दुबाट शेयर कारोबार खुला भएको हो ।

नेप्सेमा यी दुवै कम्पनीको शेयर बुधबार सूचीकृत भएको थियो । कालिन्चोक दर्शनको चुक्ता पुँजीका आधारमा कायम कुल ६० लाख कित्ता र एसियन हाइड्रोपावरको ३४ लाख कित्ता शेयर सूचीकृत भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ