arrow

अष्ट्रेलियामा नेपालीले जन्माए चम्ल्याहा शिशु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
yogesh and Aruna with thier babies.jpg

काठमाडौं । नेपाल मूलकी अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् ।  ४४ वर्षीया अरुणाले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् । योसँगै ४७ वर्षीय योगेश सिंह बाबु बनेका छन् । 

अष्ट्रेलियाको दक्षिण ब्रिस्बेनको मेटर मदर्स अस्पतालमा ४ जना सन्तानलाई जन्म दिएकी अरुणा र बच्चाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको उनका श्रीमान् योगेशले बताए । 

निर्धारित मिति भन्दा ११ हप्ता अगाडि जन्मिएका ३ छोरा र एक छोरीलाई अहिले अस्पतालले विशेष निगरानीमा राखेर हेरचाह गरिरहेको छ । 

एकै पटक चम्ल्याहा शिशु जन्मिएपछि यो विषयले अस्ट्रेलियामा पनि चर्चा पाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ