arrow

आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आइतबार राष्ट्रपति समक्ष पेश गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ४ शनिबार
election-commission-head-office-building-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन चैत ५ गते राष्ट्रपतिसमक्ष पेश गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

शुक्रबार सम्पन्न निर्वाचनमा जसपामा रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले एमालेकी अष्टलक्ष्मी शाक्य बोहरा र जनमत पार्टीकी ममता झालाई पराजित गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ