arrow

मतदानपछि छलफलमा जुटे प्रचण्ड, देउवा र माधव 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
deuba-prachanda-nepal-1353.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक विषयमा छलफल भएको छ । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा उनीहरुबीच प्रधानमन्त्रीले लिने विश्वासको मत, मन्त्रिपरिषद् विस्तार लगायत समसामयिक विषयमा छलफल भएको छ । 

उपराष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि उनीहरुबीच छलफल भएको हो । आउँदो सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले सहयात्री दलका शीर्षनेतासँग छलफल गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ