arrow

सामान्य सुधार आयो शेयरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौं । साताको तेश्रो कारोबार दिन मंगलबार शेयर बजारमा सामान्य अंकले उकालो लागेको छ । मंगलबार शेयर बजार नेप्से सूचकमा १.८५ अंकले उकालो लागि १९५३.०६ विन्दुमा आएर रोकिएको छ। 

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा भने ०.१७ अङ्कले घटेर ३६८.३२ मा पुगेको छ। सोमबार शेयर बजारमा २४.६८ अंकले घटेर १९५२.६६ विन्दुमा आएको थियो ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १३ करोड ५९ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको एनआईसी एसिया शीर्ष स्थानमा छ। यसको १० करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै नबिल बैंकको ३ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ। 

मंगलबार १३ उपसूचकहरुका मध्ये ५ कम्पनीमा ओरालो लागेको छ भने बाँकी सबै कम्पनीमा उकालो लागेको छ। आजको कारोबारमा युनिक नेपाल लघुवित्तको १० प्रतिशतले सेयर मूल्य बढेको छ।

यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन् भने सुभम पावरको र सुपरमादी हाइड्रोपावरको करिब १० प्रतिशतले वृद्धि भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ