arrow

शेयरको पहिरो थामियो, दोहोरो अंकले वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौं । शेयर बजारको लगातारको पहिरो थामिएको छ । लगातार पाँच दिन गएको पहिरो थामिएर शेयर बजारमा मंगलबार दोहोरो अंकले वृद्धि भएको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १४।४१ अंकले घटेर १९५२.६६ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर ३७०.२४ मा पुगेको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ४४ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा साल्ट ट्रेडिङ शीर्ष स्थानमा छ। यसको १२ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालय डिष्टिलरीको ९ करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ। यसैगरी तेश्रो स्थानमा छिमेकि लघुवित्त वित्तीय संस्थाको ५ करोड ४५ लाख बढीको कारोबार भएको छ ।

मंगलबार १३ उपसूचकहरुमध्ये निर्माण र प्रशोधन र म्युचुअल फण्ड बाहेक सबैको कारोबार रकम बढेको छ। आजको कारोबारमा सुभम पावरको १० प्रतिशतले शेयर मूल्य बढेको छ। 

यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन् भने सुपर मादी हाइड्रो पावरको ९.९७ प्रतिशत र सिद्धार्थ लगानी वृद्धि आयोजनाको ८.०२ प्रतिशतले वृद्धि भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ