arrow

पहिरो गयो शेयरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
nepse-stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार घटेको छ। आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८६ अङ्कले घटेर ३६८.७० मा पुगेको छ। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा छ । यसको ८ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सुभम पावरको ५ करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ। आइतबार सबै उपसूचकहरुको कारोबार रकम घटेको छ । 

आजको कारोबारमा सुभम सिमेन्टको १० प्रतिशतले शेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन् भने युनिक लघुवित्त, एनएमबी ५० र एनआइबीएल प्रगति फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ