arrow

निकुञ्ज र प्राकृतिक सम्पदामा पर्यटक भित्र्याउन सके विकास सम्भव

logo
दीपेन्द्र बस्नेत,  
प्रकाशित २०७९ फागुन १७ बुधबार
kamal-bahadur-shah-sudurqq.jpg

बेलडाँगी । सुदूरपश्चिमका प्राकृतिक सम्पदा र वन्यजन्तु निकुञ्जहरुको अवलोकनको द्वार खोलेर आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सके पर्यटन विकासका माध्यमबाट प्रदेशको विकास गर्न सकिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् ।
 
शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्जको दोस्रो प्रवेशद्वारको उद्घाटन गर्न बुधबार कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलडाँडी पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले भने ( शुक्लाफाँटाका वन्यजन्तु र वन सम्पदाको अवलोकनका लागि पर्यटकका लागि सहज यो स्थानमा आन्तरिक र बाह्य पर्यटन भित्र्याउन सकिए समग्र प्रदेशमा पर्यटन विकास हुने भएकाले प्रदेश सरकारबाट हुने विकासको पहल गरिने बताए । 

बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाको पहलमा पर्यटकका लागि खोलिएको शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्ज अवलोकन ट्र्याक मार्गको उद्घाटनका क्रममा मुख्यमन्त्री शाहले भने, ‘शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्जका वन्यजन्तुको अवलोकन गर्न कैलालीदेखि छोटो दूरीमा रहेको यो क्षेत्रमा खुलेको प्रवेश मार्गले यस क्षेत्रकै मात्र नभएर समग्र प्रदेशको बिकासमा सहायक हुने छ ।’

प्रदेशको राजधानी धनगढीदेखि करिब ४५ किमीको दूरीमा अवस्थित बेलडाँडी मार्गबाट शुक्लाफाँटाको अवलोकनको अवसर जुटाउन पहल कदमी गर्ने गाउँपालिकाका जनप्रतिनिधि धन्यवादका पात्र रहेको मुख्यमन्त्री शाहले बताए । 

यसअघि शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्ज अवलोकनको प्रवेशद्वार भीमदत्त नगरपालिकास्थित मझगाउँमा मात्र रहेको थियो । निकुञ्ज प्रवेशको लागि पूर्वी दक्षिणी क्षेत्रको बेलडाँडीबाट प्रवेशद्वार खोलिएपछि निकुञ्जमा पर्यटकहरुका लागि सहज बनेको छ । 

सुदूरपश्चिमको पर्यटकीय गन्तब्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि धनगढी देखि छोटो दुरीमा रहेको बेलडाँडी प्रवेशद्वारको उद्घाटनबाट कञ्चनपुरका चारवटा पालिका लाभान्वित हुने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ