arrow

दोहोरो अंकले पहिरो गयो शेयरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
nepse-stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौं । साताको चौथो दिनको शेयर बजार कारोबार दोहोरो अंकले घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा झरेको छ । 

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ अङ्कले घटेर ३७८.३७ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कूल २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा अपर तामाकोशी हाईड्रोपावर शीर्ष स्थानमा छ। जसको आज ८ करोड ७२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिबम सिमेन्ट र तेस्रोमा हिमालय डिस्टिलरीको रहेको छ।

बुधबारको कारोबारमा सबै उपसुचकहरु उपसुचक घटेको छ। सबैभन्दा धेरै निर्माण प्रशोधन र माईक्रो फाइनन्सको २ प्रतिशतले कारोबार रकम घटेको छ ।

आजको कारोबारमा आदर्श लघुवित्त वित्तिय संस्थाको शेयर भाउ १० प्रतिशतले बढेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ