मस्कको स्पेस एक्स इतिहास रच्ने तयारीमा, आज चार जनाको टोली अन्तरिक्षमा जाँदै
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
2k
Shares
काठमाडौं। अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले आज अन्तरिक्षमा अर्को इतिहास रच्ने तयारीमा छ ।
चार जना अन्तरिक्ष यात्रीको टोली सोमबार नेपाली समय अनुसार १२ बजे अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) जानका लागि उड्ने तयारीमा छन्।
अन्तरिक्ष यात्रीहरूको टोली ६ महिनासम्म आईएसएसमा रहनेछ। सो समय अन्तरिक्ष यात्रीहरूले हार्ट मसल टिशू, माइक्रोग्रेभेटिमा मानव सेल र टिशू लाई प्रिन्ट गर्ने बायोप्रिंटरको परीक्षण गर्नेछन् ।
यससँगै उनले औषधि उत्पादन प्रविधिमा पनि अनुसन्धान गर्नेछन् ।
नासाको यो मिसनलाई स्पेस एक्स क्रु ६ नाम दिइएको छ । चार सदस्यीय चालक दल स्पेस एक्सको फाल्कन ९ रकेटबाट अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गर्नेछ।
यो रकेटबाट नासाका २, रुसका १ र संयुक्त अरब इमिरेट्स (युएई)का १ जना अन्तरिक्ष यात्री आईएसएसमा जान्छन् ।