नेपालले भने- नयाँ राजनीतिक अवस्था बनेसँगै थप चुनौती थपिएको छ
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
1.1k
Shares
धनुषा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नयाँ राजनीतिक अवस्था सिर्जना भएसँगै देश तथा पार्टीका लागि थप चुनौती बढेको बताएका छन् ।
प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले चुनौतीको सामना गर्नका लागि पार्टी एक ढिक्का भएर अगाडि बढिसकेको बताएका हुन् ।
आठ दलको समर्थनसहित राष्ट्रपति पदका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको बताए ।
अध्यक्ष नेपालले नयाँ अवस्था सिर्जना भएर आठ दलको समर्थन कांग्रेसका उम्मेदवारको पक्षमा भएकाले राष्ट्रपति पदमा अपेक्षित परिणाम आउन लागेको जानकारी गराए ।
स्थानीय, प्रदेश तथा सङ्घीय चुनाव हुनुभन्दा केही समय अगाडि मात्र पार्टीको निर्माण भएकाले अपेक्षाअनुसार परिणाम नआएको बताउँदै उनले एकमहिने पार्टी सुदृढीकरणले पार्टीको सङ्गठन सुधार र मजबुत हुने जानकारी गराए ।
अध्यक्ष नेपालले वडादेखि जिल्ला हुँदै प्रदेश समितिलाई पनि मजबुत बनाउन अभियानले मद्दत पुग्ने भएकाले कार्यकर्तालाई सङ्गठन निर्माणमा जुट्नका लागि निर्देशन दिए ।