arrow

बस्दै एमाले बैठक, कोर्दै आफ्नो भविष्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
uml-sachibalaya-2079-08-23.jpg

काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ । सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो । 

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकबाट गठबन्धनको  भविश्यका बारेमा नयाँ निर्णय लिइनेछ । 

बैठक बिहान ९ बजे बस्नेछ । 

एमालेले हिजोसम्म गरेका प्रयास असफल भएपछि एक्लिएको छ । गत पुस १० गते अनपेक्षित तरिकाले सरकारमा जोडिएको एमाले फेरि प्रतिपक्षकै भूमिकामा आउने सम्भावना देखिएको छ । 

कांग्रेसले धेरै भन्दा धेरै दलको सहमतिमा राष्ट्रपतिमा समर्थन पाउने भएसँगै नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको हो । 

आजको सचिवालय बैठकले सरकार छाड्ने र राष्ट्रपतिको छुट्टै उम्मेदवार उठाउन उम्मेदवार चयन गर्ने निर्णय गर्न सक्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ