arrow

प्रहरीले भेट्टाउन नसकेका कोइरीलाई निर्वाचन आयोगले भेट्टायो, राष्ट्रपति निर्वाचनका मतदाता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
laxmi-mahato-koiri-uml.jpg

महोत्तरी । कर्तव्य ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका नेपका एमालेका सांसद लक्ष्मी महतोको नाम  राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छ । 

कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर, गृहमन्त्रालयले समेत विज्ञप्ति निकालेर उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो । 

मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग लागेका उनै कोइरीको नाम भने राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश छ । 

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको २५ फागुनमा राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनको मतदाता नामावलीमा कोइरीको नाम समावेश गरिएको छ । मतदाता नं. १३०१९७२४ उल्लेख गरिएको कोइरीको परिचयपत्र समेत निर्वाचन आयोगले आफ्नो वेबसाईटमा अध्यावधिक गरेको छ ।

क्रम संख्या २४७ रहेको कोइरीको परिचयपत्र विवरण र फोटोसहित सार्वजनिक गरिएको छ । उनी अहिलेसम्म निलम्बनमा नपरेको हुनाले नाम सार्वजनिक गरिएको निर्वाचन आयोगको जनाएको छ ।

जनकपुर उच्च अदालतले २०७७ सालमा नै उनलाई पक्राउ गरेर थुनामा राख्ने आदेश दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ