arrow

ठाकुरलाई राष्ट्रपति बनाउन माग गर्दै लोसपा नेताहरु बालुवाटार र बालकोटमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
mahantha.JPG
तस्बिर – फाइल ।

काठमाडौं । भावी राष्ट्रपतिमा महन्थ ठाकुरको प्रस्ताव राखेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाका नेताहरु बालुवाटार र बालकोट पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतीय राष्ट्रपतिको प्रसङ्ग उठाइरहेका बेला ठाकुरलाई भावी राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेपालका नेताहरुले दौडधुप बढाउँदै बालुवाटार पुगेका हुन् ।

आगामी १३ फागुनमा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नु पर्ने दिन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरुको दौडधुप चलिरहेको बेला सम्भाबित राष्ट्रपतिमा ठाकुरलाई लिएर बालुवाटर पुगेका हुन । 

‘महन्थजीलाई राष्ट्रपति बनाउन प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेका छौं,’ नेता शरदसिंह भण्डारीले भने, ‘अहिलेका लागि उपयुक्त पात्र उहाँ नै हो भन्ने हाम्रो निष्कर्ष पनि सुनाएकौ छौं ।’ 

उनका अनुसार सहमतीय राष्ट्रपतिका लागि राजनीतिक दलहरुबीच छलफल चलिरहेको र निष्कर्ष निस्कन नसकेको प्रधानमन्त्रीले जवाफ दिएका छन् । 

प्रधानमन्त्री निवासमा ठाकुरलाई लिएर राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झालगायतको नेता पुगेका थिए ।

लोसपाले ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन माओवादी केन्द्रपछि नेपाली कांग्रेससँग पनि छलफल र वार्ता गर्ने भएको छ ।

त्यस्तै सोही प्रस्ताव लिएर लोसपाका शीर्ष नेताहरु बालकोट पुगेका छन् । ठाकुरसहित गएका लोसपाका नेताहरुले सोही प्रस्ताव लिएर साँझ एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेका हुन् ।

‘प्रधानमन्त्रीलाई भेटेर सहमतिको राष्ट्रपति ठाकुरजीलाई बनाउन प्रस्ताव गरेका छौं, प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनु भएको छ,’ सो पार्टीका नेता राजेन्द्र महतोले भने, ‘राजनीतिक दलहरुसँग छलफल चलिरहेको र त्यसका लागि केही दिन बाँकी रहेको प्रधानमन्त्रीले बताउनु भएको छ, पार्टीले पनि भावी राष्ट्रपतिको नाम प्रस्ताव गर्न अधिकार आफूलाई दिएकाले अहिले नै निर्णयमा भने नपुगिसकेको बताउनु भयो र हामी निस्कयौं ।’ 

उनका अनुसार ओलीसँग साँझ भेटेपछि बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट तय भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ