arrow

वल्ड लिंक कम्युनिकेसनले जित्यो अन्तर सेवाप्रदायक फुटसलको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
world-link-futsal-winner.jpg

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको रजत जयन्तीको अवसरमा आयोजित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिता २०७९ को उपाधि वल्ड लिंक कम्युनिकेसन लिमिटेडले जितेको छ । 

गत २९ माघदेखि फागुन ५ गतेसम्म राजधानीमा सञ्चालित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिताको फाइनल खेलमा वल्ड लिंक कम्युनिकेसनले एनसेलको टिमलाई ३–२ को अन्तरले हराउँदै विजयी भएको हो । 

बिजेता टिम वल्ड लिंकले एक लाख रुपैयाँ पुरस्कार जितेको छ । उपविजेता एनसेलले ६० हजार रुपैयाँ पुरस्कार पाएको छ । 

प्रतियोगितामा तेस्रो भएको डिस मिडियाले मर्कन्टाइल कम्युनिकेसनलाई २३–४ गोल अन्तरले पराजित गरेको छ । डिस मिडियाले ४० हजार नगद पुरस्कार पाएको छ । 

सो अन्तर सेवाप्रदायक फुटसल प्रतियोगितामा १० वटा इन्टरनेट सेवाप्रदायक कम्पनीले प्रतिस्पर्धा गरेका थिए । 

सो प्रतियोगितामा वल्र्ड लिंक कम्युनिकेशन प्राली, नेपाल टेलिकम, डिस मिडिया नेटवर्क, स्मार्ट टेलिकम, सुबिसु केबलनेट लिमिटेड, सीजी कम्युनिकेशन लिमिटेड, मर्कन्टाइल कम्युनिकेसन प्राली, एनसेल आजिटा लिमिटेड र ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसनले सहभागिता जनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ