सात दिनभित्रै सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्छ – माधव नेपाल
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
1.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सत्तारुढ गठबन्धनको टुंगो लाग्ने बताएका छन् ।
कीर्तिपुरमा आफ्नो पार्टीनिकट अनेरास्ववीयूको स्थायी कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको चुनावबाट सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् ।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको १३ फागुनमा मनोनयन रहेको छ । यसलाई इंगित गर्दै उनले एक साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् ।
संविधान विरोधिदेखि संविधानका पक्षपाती शक्तिहरु रहेकाले गठबन्धन लामो नटिक्ने उनको दाबी छ ।