एमालेले मनोनयनकै दिनमात्र राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
1.8k
Shares
विराटनगर । नेकपा एमालेले आफ्नो तर्फबाट १३ फागुनमा मात्रै राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ । २५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ ।
सोही दिन नै एमालेले आफ्नो तर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुनमा सार्वजनिक गर्ने बताएका हुन् ।
एमालेले उठाएको राष्ट्रपति उम्मेदवारलाई भोट माओवादी केन्द्रले मत दिने विश्वास व्यक्त गरेका उनले राष्ट्रपतिको निर्वाचनले सत्ता समीकरण नबदलिने दाबी गरे ।