arrow

राताम्मै शेयर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
stock-share-down-bear.jpg

काठमाडौं । शेयर बजार मंगलबार राताम्मै भएको छ । मंगलबार नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५ विन्दुमा पुगेको छ । यसअघि आइतबार शेयर बजार ६०.८८ अंकले घटेको थियो । 

मंगलबार सबै समूहको शेयर घटेर बजार राताम्मै भएका छ । निर्माण र प्रशोधनमा भने झिनो प्रतिशतले वृद्धि भएको छ । 

यसैगरी, २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता शेयरको कारोबार हुँदा एक अर्ब ७८ करोड रुपैयाँभन्दा बढी रुपैयाँको भएको छ । सबैभन्दा धेरै हिमालय डिस्टिलरी कम्पनीको ७ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।

मंगलबार युनिलिभर नेपाल लिमिटेडको शेयर ६ प्रतिशतले, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनीको ५ प्रतिशतले बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ