arrow

गुलाबको फूल भित्रिइसकेपछि सरकारले लगायो आयातमा प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
rose.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। सरकारले गुलाबको फुल आयातमा प्रतिबन्ध लगाएको छ। भ्यालेन्टाइन डे अर्थात् १४ फेब्रुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो।

कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहर भवनकी प्रमुख सावित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाइएको जानकारी दिएकी छिन् । 

जसअनुसार काँकडभिट्टा, भण्टाबारी, विराटनगर, मलगंवा, जलेश्वर, वीरगन्ज, तातोपानी, एअरर्पोट, रसुवा, भैरहवा, कृष्णनगर, गडडाचौकी, लोमान्थाङ, बैतडी नाकावाट गुलाबको फूल आयात गर्न नपाइने भएको छ।

‘यस केन्द्र तथा अन्तरगतका कार्यालयहरूबाट विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयात नगर्नका लागि आयात अनुमति पत्र जारी गर्न नहुन सबन्धित सबैमा जानकारीका लागि अनुरोध छ’ खनालले जारी गरेको परिपत्रमा भनिएको छ।

तर सरकारले गुलाबको फूल भित्रिइसकेपछि मात्रै फूल आयातमा प्रतिबन्ध लगाएको भन्दै पुष्प व्यवसायीहरुले सरकारको आलोचना गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ