arrow

ढल्यो सुदूरपश्चिममा एमाले सरकार, पाएनन् रावलले विश्वासको मत 

logo
सुनिल आउजी, 
प्रकाशित २०७९ माघ २६ बिहिबार
rajendra-singh-rawal---.jpg

धनगढी । नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि सरकार ढलेको हो । 

उनलाई विश्वासको मत दिने ठानिएको सत्ता समर्थक दल नागरिक उन्मुक्ति पार्टी बैठकमै उपस्थित नभएपछि सभामुखले पक्ष र विपक्षमा ध्वनि मत गराएकामा सोअनुसार विश्वासको मत नपाएपछि एमाले सरकार ढलेको हो । 

नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान छ । उक्त प्रावधानअनुसार विश्वासको मत लिने अन्तिम दिन प्रदेश सभामा मुख्यमन्त्री रावलले राखेको विश्वासको मत प्राप्त गर्ने प्रस्ताव नै अस्वीकृत भयो । 

विश्वासको मत माग्ने प्रस्ताव नै अस्वीकृत भएको कारण प्रदेश सरकार ढलेको यो पहिलो घटना हो ।

५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत थिएन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत चाहिने थियो ।  

प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १० र राप्रपाका १ सांसद छन् । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र १ स्वतन्त्र सदस्य छन् । 

उन्मुक्तिका ७ सांसद रहेका छन् । 

आजको बैठकमा ५३ मध्ये ८ सांसद अनुपस्थित थिए । एक सांसद कांग्रेसका अनुपस्थित भएका हुन् । उन्मुक्तिका सातैजना उपस्थित भएनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ