arrow

राष्ट्रपति भण्डारीद्वारा २८ माघमा रात्रि भोजको आयोजना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
bidaya-devi-bhandari-president.jpg

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रि भोज आयोजना गर्ने भएकी छिन्। राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा रात्रीभोजको आयोजना गर्ने भएकी हुन।

सङ्घीय सांसदका सांसद्‍हरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएको जनता समाजवादी पाटी नेपालका सांसद राजकिशोर यादवले जानकारी दिए।

राष्ट्रपतिले आयोजना गर्ने उक्त रात्रि भोजमा जमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका उच्च अधिकारी कूटनीतिक नियोगका प्रमुखहरु उपस्थित हुनेछन्।

आगामी २७ गते सङ्घीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलाई संयुक्त सम्बोधन गरेको भोलिपल्ट राष्ट्रपति भण्डारीले रात्रीभोजको आयोजना गर्न लागेकी हुन।

नेपालको संविधानले दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने जनाएपछि यसलाई बिदाइ भोजको रूपमा हेरिएको छ।

निर्वाचन आयोगले २५ फागुनमा राष्ट्रपति निर्वाचनको घोषणा गरिसकेको छ। जसअनुसार मुलुकले राष्ट्रपतिमा तेस्रो नयाँ अनुहार पाउनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ