arrow

रास्वपाले सत्ता छाड्ने निर्णय गरेपछि प्रचण्डले भने – फेरि भेटेर कुरा गर्छु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
prachanda-2079-10-22.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार छाड्ने निर्णय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति रवि लामिछानेसँग फेरि छलफल गर्ने बताएका छन् । 

प्रतिनिधि सभाबाट फर्कने क्रममा संचारकर्मीसँग उनले भने, ‘फेरि हामी छलफल गर्छौं । मेरो कोसिस त थियो राष्ट्रिय सहमति नै गरिराखौं भन्ने । सत्ता साझेदार एकतालाई बचाउनु पर्छ भन्ने नै हो मेरो ।’

उनले सर्वोच्च अदालतको निर्णयपछि भने रवि लामिछानेसहित रास्वपालाई असहज भएको भन्दै फेरि सहमतिका लागि कुरा गर्ने बताए । 

उनले भने, ‘अदालतको निर्णयपछि पक्कै पनि उहाँहरुलाई अलि असहज त भएकै थियो । अब उहाँसँग फेरि भेटेर कुरा गर्छु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ