arrow

सिधा कुराकै शैलीमा रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
ravi-lamichane-new-party-register-apply.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै विशेष पत्रकार सम्मेलन गर्ने जनाएका हुन् । 

उनले लेखेका छन्, ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै  पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भएछ।’

उनले हिजोसम्मको समय दिएर प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्रालय दिन माग गरेका थिए । तर सर्वोच्च अदालतको पूर्णपाठ पर्खिने अडान लिएर प्रचण्डले रविलाई भौतिक पूर्वाधार मन्त्रालय लिन आग्रह गरेपछि हिजो राति एकाएक रास्वपाको बैठक बसेको थियो । 

तर त्यो बैठकले कुनै निर्णय लिन सकेको थिएन । बैठक आज पनि बस्दैछ । तर रविले उक्त पार्टीको बैठक भन्दा छुट्टै विशेष पत्रकार सम्मेलन गर्न लागेको जनाएका छन् । 

उनले आफ्नो पत्रकार सम्मेलनलाई विशेष भन्दै सबैलाई हेर्न र सुन्न आग्रह समेत गरेका छन् । 

रविको नागरिकता अनधिकृत भएको फैसला सर्वोच्चले गरेसँगै उनले गत आइतबार नागरिकता पुनः प्राप्ति गरेका छन् । सर्वोच्चको फैसलापछि कानूनअनुसार रवि तीन महिना कुनै पनि पदमा बस्न अयोग्य रहेका छन् । 

तर पनि उनले आफूलाई कुनै गल्ती नै गरेको अनुभव भएको देखिँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ