arrow

फेरि पहिरो गयो शेयरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा घटेको छ । बिहीबार नेप्से परिसूचक २२.२ अंकले ओरालो लागेर २०९४.५४ विन्दुमा आएर रोकिएको छ । 

बुधबार नेप्से परिसूचकमा ४.९७ अंकले वृद्धि भएकोे थियो । सोही दिन १ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । बिहीबार १९ कम्पनीमा उकालो लागेको छ भने १९४ कम्पनीमा ओरालो लागेको छ । 

साथै ३ कम्पनी स्थिर रहेको छ । बिहीबार २५७ कम्पनीको कारोबार भएको र ५८ लाख ९८ हजार ९०३ कित्ता शेयर किनबेच भएको छ । यसैगरी २ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको छ । 

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस बैंकको करिब १० करोड रुपैयाँको शेयर बिक्री भएको छ। साथै एनआईसी एसिया बैंकको ५ करोड ५० लााखभन्दा बढी रुपैयाँको शेयर कारोबार भएको छ ।

आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । सबै उपसूचकहरू राताम्मै भएको छ । सबैभन्दा धेरै जीवन बिमा र हाईड्रो पावरको २ प्रतिशतले मूल्य घटेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ