arrow

शेयर बजारले दियो झिनो खुशी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
nepal-stock-exchange-nepse.jpg
तस्बिर – फाइल ।

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा वृद्धि भएको छ । लगातार तीन दिन घटेको शेयर बजार आज नेप्से परिसूचकमा ४.९७ अंकले उकालो लागेर २११६.६५ विन्दुमा आएर रोकिएको छ । 

मंगलबार नेप्से परिसूचकमा १५.७४ अंकले ओरालो लागेको थियो । सोही दिन २ अर्बभन्दा बढीको शेयर कारोबार थियो । नेप्से परिसूचकका अनुसार ११० कम्पनीमा उकालो लागेको छन्  भने ९३ कम्पनी ओरालो लागेका छन् । साथै १३ कम्पनीको अवस्था स्थीर रहेको छ । 

साथै बुधबार २६१ कम्पनीको कारोबार भएकोमा ५० लाख २४ हजार ३८१ कित्ता शेयर किनबेच भएको छ । सो क्रममा १ अर्ब ७६ भन्दा बढी रुपैयाँको कारोबार भएको छ । 

यस्तै, नबिल बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस बैंकको करिब ६ करोड रुपैयाँको शेयर बिक्री भएको छ। साथै, रिडी पावर कम्पनीको ४ करोड ९२ लााखभन्दा बढी रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै, आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । 

आजका १३ उपसूचकहरु मध्ये ५ कम्पनी बाहेकको सबै उपसूचकहरुमा वृद्धि भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ