arrow

निरन्तर ओरालो लाग्दै शेयर बजार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
stock-share-down-bear.jpg

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार घटेको छ । लगातार शेयर बजार घट्ने क्रममा आज पनि नेप्से परिसूचकमा १५.७४ अंकले ओरालो लागेर २१११.६३ विन्दुमा आएर रोकिएको छ । 

सोमबार नेप्से परिसूचकमा ४१.०१ अंकले ओरालो लागेको थियो । सोही दिन ३ अर्बभन्दा बढीको सेयर कारोबार थियो । मंगलबार ५७ कम्पनीमा उकालो लागेको छ भने १४८ कम्पनीमा ओरालो लागेको छ । साथै ११ कम्पनी स्थिर छ ।  २५९ कम्पनीको कारोबार भएको छ । ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच भएको छ । यसैगरी २ अर्ब ८२ भन्दा बढी रुपैयाँको कारोबार भएको छ । 

रिडी हाइड्रो पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको करिब १९ करोड २० लाख बढी रुपैयाँको शेयर बिक्री भएको छ। लुम्बिनी जनरल बिमाको १४ करोड ३७ लााखभन्दा बढी रुपैयाँको शेयर कारोबार भएको छ ।

आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । कुल २०४ कम्पनीमा ओरालो लागेको छ भने जम्मा ९ कम्पनीमा उकालो लागेको छ । १३ उपसूचकहरु मध्ये हाईड्रोपावरबाहेकका सबै उपसूचकहरु राताम्मै भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ