arrow

बुटवलमा जारी लिग नकआउट प्रतियोगिता: फुलबारीलाई हराउँदै बुद्धभूमि विजयी

logo
नारायण वली,
प्रकाशित २०७९ माघ १५ आइतबार
buddha-bhumi.jpg

रुपन्देही । बुटवलमा जारी रुपन्देही जिल्ला लिग नकआउट छनौट प्रतियोगिता-२०७९ को तेस्रो दिन प्रतिष्पर्धात्मक खेल सम्पन्न भएको छ । सिद्धेश्वर खेल मैदानमा जारी खेलमा शनिबार तामनगरस्थित फुलबारी गाइज र सैनामैनास्थित बुद्धभूमि युवा क्लबबीच खेल भएको हो । 

प्रतिष्पर्धात्मक खेलमा फुलबारी गाईजलाई हराउँदै बुद्धभूमि विजयी भएको छ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा शनिबार भएको खेलमा तामनगरको फुलबारी गाईजलाई १–० गोल अन्तरले पराजित गर्दै बुद्धभूमि युवा क्लबले जित निकालेको हो । कडा प्रतिष्पर्धात्मक खेलको ४८ औं मिनेटमा बुद्धभूमिका साजन परियारले आकर्षक गोल गर्दै जित निकालेका थिए ।

खेलमा पहिलो हाफ गोलरहित बराबरी रहेको थियो ।  प्रतियोगिताको अन्तिममा पुग्ने दुई टिम जिल्ला लिगका लागि छनोट हुने बताइएको छ । खेलमा १६ क्लबहरुले भाग लिएका छन् ।

माघ २७ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत आज बुटवलको संगम युवा क्लब र देवदहस्थित चरङ्गे युवा क्लबबीच खेल हुने संयोजक दिपक गुरुङले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ