arrow

टाइगर कप भलिवल : गण्डकी, एपीएफ र आर्मीको विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
volleyball.jpg

पोखरा । पोखरा रङ्गशालामा तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगिता शुरु भएको छ ।

टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका थिए ।

प्रतियोगिताअन्तर्गत आज तीन खेल भएका छन् । पुरुषतर्फको उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेशले विजयी शुरुआत गरेको छ ।

गण्डकीले २५-२३, २५-२० र २५-१६ ले पुलिसलाई पराजित गरेको हो । 

उद्घाटनपछिको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लवले प्रतियोगिताको साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको छ ।

एपीएफ २०-२५, २५-२२, २६-२४ र २५-१९ ले विजयी भएको हो । 

महिलातर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लव विजयी बनेको छ । न्यू डायमण्ड स्पोर्टस् क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले विजयी शुरुआत गरेको हो ।

आर्मीले २७-२५, २५-१७ र २५-२३ को सेटमा डायमण्डलाई पराजित गरेको हो ।

प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहेको छ । महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्बल, एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता छ । 

पुरुषतर्फ श्रीलङ्काको एसटी जोशेफ वाज स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गण्डकी प्रदेशले सहभागिता जनाएको छ ।

महिला र पुरुष दुवैतर्फ उपाधि विजेताले रु पाँच/पाँच लाख, उपविजेतालाई समान रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै, प्रतियोगितमा तेस्रो हुने टिमलाई नगद रु एक लाख २५ हजार सान्त्वना हुने टिमलाई रु ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । 

महिला र पुरुषतर्फ उत्कृष्ट एक/एक खेलाडीलाई जनही रु २५ हजार र विधागतरुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु १० हजार र ट्रफीसहित सम्मान गरिनेछ ।

गत वर्ष भएको दोस्रो संस्करणको उक्त प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपीएफले जितेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ