arrow

मोदीमाथि बिबिसीको डकुमेन्ट्रीको भारत प्रसारणमा रोक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ८ आइतबार
bbc-news.jpg

काठमाडौं। सन् २००२ को गुजरात दङ्गामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विवादास्पद भूमिका देखाउने बिबिसीको डकुमेन्ट्रीलाई भारतमा प्रसारण गर्न रोक लागेको छ।

बिबिसीले गत मङ्गलवार दुई शृङ्खलाको 'भारत: द मोदी प्रश्न' नामक डकुमेन्ट्रीको पहिलो शृङ्खला बेलायतमा प्रसारण गरेको थियो।

आउँदो मङ्गलवार अर्थात् पर्सी फेरि अर्को शृङ्खला प्रसारण गर्ने भएको छ। यद्यपि, भारतमा अहिलेसम्म प्रसारण नभए पनि सामाजिक सञ्जालमा यो डकुमेन्ट्रीका केही क्लिपहरू अपलोड हुन लागेका थिए।

यद्यपि, भारतका लागि सामाजिक सञ्जाल ट्विटर, युट्युबलगायतमा यो डकुमेन्ट्री अपलोड नहुने भएको छ भने, भारतमा प्रसारण पनि हुने छैन।

 भारतले भन्यो- गुजरात दंगामा मोदीको भूमिकाबारे बीबीसीको डकुमेन्ट्री ‘प्रोपोगाण्डा’

भारतको सूचना प्रविधि नियम अन्तर्गत रहेर यो डकुमेन्ट्री प्रसारणमा रोक लगाउन निर्देशन जारी गरिएको भारत सरकारका सल्लाहकार कञ्चन गुप्ताले शनिवार आफ्नो ट्विटर अकाउन्टबाट जानकारी दिएका हुन्।

बिबिसीले भारतमा डकुमेन्ट्री प्रसारण नगरेको भए पनि केही युट्युब च्यानलमा भिडियो अपलोड गरिएको उनले बताएका छन्।

युट्युब र ट्विटर दुवैले सरकारको निर्देशनको पालना गरेको उनले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ