arrow

अष्ट्रेलियालीले साढे सत्र हजार बन्दुक बुझाए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ७ शनिबार
gun-local.png

क्यानबेरा । अष्ट्रेलियाको सङ्घीय सरकारले दर्ता नगरिएका वा गैरकानुनीरूपमा हासिल गरिएका हतियार सरकारलाई बुझाएमा कारबाही नगर्ने घोषणा गरेपछि १७ हजार पाँच सय ४३ थान हतियार राज्यसरकारलाई प्राप्त भएको छ । 

सङ्घीय सरकारले शनिबार आममाफी कार्यक्रममा पहिलो वार्षिक प्रतिवेदन जारी गर्दै ती हतियार नागरिकले सरकारलाई बुझाएका बताएको हो । नरसंहारका घटना रोक्ने तथा नागरिक सुरक्षालाई सुदृढ तुल्याउने उद्देश्यले सन् २०२१ को मध्यमा आममाफीको घोषणा गरिएको थियो । बितेका एक वर्षमा ती हतियार सरकारलाई बुझाइएको प्रतिवेदनमा जनाइएको छ । 

आपराधिक गुप्तचर आयोगका अनुसार अष्ट्रेलियामा करिब  दुई लाख ६० हजार अवैध हतियार छन् । जुलाई २०२१ देखि जुन २०२२ सम्म हस्तान्तरण गरिएका हतियारमध्ये आठ हजार एक सय ४० थान राइफल, दुई हजार आठ सय ९६ थान बन्दुक र सात सय ८९ थान पेस्तोल छन् ।  

यसैबीच, अष्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसले समुदायमा फैलिने हतियार त्रास  घटाउन  तथा आफ्ना नागरिकलाई सुरक्षित राख्न हतियार हस्तान्तरणको योजना प्रभावकारी भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ