arrow

उपसभामुख बनिन् रास्वपाकी इन्दिरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ७ शनिबार
indra-rana-rss-speaker-deputy.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की उम्मेदवार इन्दिरा राना उपसभामुखमा निर्वाचित भएकी छन् । प्रतिनिधि सभामामा रिक्त रहेको उपसभामुख पदका लागि सत्ता साझेदार दलको तर्फबाट उम्मेदवार रहेकी मगर बहुमतले निर्वाचित भएकी हुन् । 

कुल उपस्थित २ सय ६४ सांसद मध्ये रानाको पक्षमा १ सय ६६ मत पाएर निर्वाचीत भएकी हुन् । रानाको विपक्षमा ९७ सय मत खसेको थियो । भने  मत नदिनेमा १ मत परेको छ ।  

सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार बनेकी रानालाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल र जनमत पार्टीका सांसदले समर्थन रहेको थियो ।

 प्रस्तावकमा सोही दलका सोविता गौतम र  समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजेन्द्र लिङदेन थिए ।

सत्ता गठबन्धन दलबीच उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति भएको थियो । मगरलाई  बीबीसीले प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा राखेको छ ।

यता नेपाली कांग्रेसले मुक्ताकुमारी यादवलाई सभामुखको उम्मेदवार बनाएको थियो । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका थिए ।

यादवलाई कांग्रेससहित एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ