arrow

आज उपसभामुखको निर्वाचन, रानामगर र यादव मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ७ शनिबार
parliament-house.jpg

काठमाडौं ।  आज प्रतिनिधि सभामा उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुखका लागि सत्तारुढ गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले उम्मेदवारी दिएकी छन् । भने विपक्षी दलको तर्फबाट नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव रहकी छन् । 

आज १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुख छान्नेछ  । सत्ता गठबन्धन दलबीच उपसभामुख रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति रहेको छ ।  सोही अनुरूप रानामगर उपसभामुखकी उम्मेदवार बनेकी हुन् ।

मगरलाई  बीबीसीले प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा राखेको छ ।  मगरको प्रस्तावकमा सोबिता गौतम रहेकी छिन् । सोबिता आफै पनि सभामुख बन्ने चर्चामा थिइन् । 

यता नेपाली कांग्रेसले मुक्ताकुमारी यादवलाई सभामुखको उम्मेदवार बनाएको छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन् । यादव धनुषाकी समानुपातिक सांसद हुन् ।

सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार बनेकी राना मगरलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल र जनमत पार्टीका सांसदले समर्थन रहने छ ।

विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी यादवलाई कांग्रेससहित एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन रहनेछ ।

यसअघि सभामुखको निर्वाचनमा सत्ता साझेदार दलका उम्मेदवार देवराज घिमिरे सभामुख भइसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ