एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
4.3k
Shares
तस्बिर : हाम्राकुरा
काठमाडौँ। नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरेको छ। उनलाई पक्राउ गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो।
कर्तब्यज्यान मुद्दामा तारेख गुजारी फरार महतोलाई पक्राउ गरी कानुनबमोजिम कारबाही अघि बढाउन गृहले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। उनी महोत्तरी-१ बाट निर्वाचित सांसद हुन्।