arrow

देवराज घिमिरेले दिए राजीनामा

भने- पार्टीको जिम्मेवारीबाट अलग भए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
devraj-ghimire-uml.jpg

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले नेकपा एमालेको सदस्यताबाट राजीनामा दिएका छन् । आज अध्यक्ष केपी शर्मा ओली सामु सभामुख घिमिरेले पार्टीको पदबाट राजीनामा दिएका हुन्।

हिजो घिमिरे सभामुखमा निर्वाचित भएका थिए । सभामुख भएको व्यक्ति पार्टीको पदाधिकारी हुन नपाउने संवैधानिक व्यवस्था छ । सोही अनुरूप घिमिरेले ओलीलाई राजीनामा बुझाएका हुन् । 

राजीनामा पछि सभामुख घिमिरेले आफू एमालेसँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताएका छन् । 

सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएका थिए । 

विज्ञप्तिमा भनिएको छ, “मिति २०७९ साल माघ पाँचमा म प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टी सम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु ।”

\बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ मत प्राप्त भएको थियो भने विपक्षमा १०० मत परेको थियो । निर्वाचनमा एक जनाले भने मत दिएका थिएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ