arrow

मन्त्री छान्दै ओली 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
kp-sharma-oli-2079-04-16.jpg

काठमाडौं ।सरकार सञ्चालनका लागि बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाउन जुटेका छन् । एमालेले अध्यक्ष ओलीलाई मन्त्रीको नाम टुङ्गाउने जिम्मा दिएको छ ।  

ओली निकट मानिएका महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमालले ओलीलाई मन्त्री छान्न सहयोग गरिरहेका छन् । 

अहिलेसम्म सत्ता बाँडफाँडमा आठ वटा मन्त्रालय र एक राज्यमन्त्री पाएको एमालेले चार मन्त्रालय टुङ्गाउने क्रममा छ । उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा चार जना सरकारमा गइसकेका छन् । आज नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो १ बजे हुँदै छ ।

अब नयाँ मन्त्रीको रूपमा किरण साह, पदम गिरी, प्रेमलाल महर्जन, हरि उप्रेती, बलराम अधिकारी र भगवती चौधरी मन्त्री हुने सम्भावना छ । साथै योगेश भट्टराई र गोकर्ण विष्टमध्ये एक जना मन्त्री बनाउन सक्ने  पनि बुझिएको छ । 

यी बाहेक ओलीले आफू निकट मानिएका सांसदलाई मन्त्री दिन पनि सक्ने छन् । दुई पटक सांसद भएकालाई मन्त्री बनाउने एमालेको योजना रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ