arrow

सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २ सोमबार
baluwatar-pm-quarter.jpg
फाइल तस्बिर

काठमाडौँ। मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सहमति जुटाउनका लागि सत्ता साझेदार दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघिदेखि बैठक सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री रबी लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आजै मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भएको थियो। ओली निवास बालकोटमा भएको लामो छलफलपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारमा आजै सहमति जुट्ने बताएका छन्।

उपप्रधानमन्त्री विष्णु पौडेलले पनि आजै बैठक बस्ने र सहमति खोजिने बताएका थिए। दाहाल गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्री दाहालले गत पुस ११ गते सानो आकारको मन्त्रिमण्डल बताएका थिए। उनले गत पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ