रुसी राष्ट्रपति पुटिनद्वारा विमान दुर्घटनामा शोक व्यक्त
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
1.1k
Shares
काठमाडौं। आइतबार पोखरामा भएको विमान दुर्घटनामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समवेदना व्यक्त गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएको शोक सन्देशमा पुटिनले,'यस भयानक विमान दुर्घटनामा परी ज्यान गुमाएकाका परिवार र आफन्तजनप्रति हार्दिक समवेदना र समर्थन व्यक्त गरेका छन्,'समाचार एजेन्सी इन्टरफ्याक्सलाई उदृध्त गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
दुर्घटनामा परेकोे विमानमा सवार ७२ जनामध्ये चार रुसी नागरिक समेत रहेका थिए । विमानमा ५३ नेपाली, ५ भारतीय, ४ रुसी, २ कोरियन, १ अर्जेन्टिनी, १ अष्ट्रेलियाली, १ आइरिस र १ फ्रान्सेली नागरिक रहेका थिए ।