arrow

सभामुखका लागि सुदूरपश्चिममा आज फेरि मतदान, बदलिएला समीकरण ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
sudurpachhim-pradesh.jpg
तस्बिर – फाइल ।

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुख पदका लागि आज फेरि मतदान हुँदैछ । बिहीबारको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेपछि आज फेरि मतदान हुन लागेको हो । आज बिहान ११ बजे बस्ने बैठकमा फेरि सभामुख चयनका लागि मतदान हुनेछ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मतदानमा ५० जनाले भाग लिएका थिए । यसरी सभामुखमा निर्वाचित हुन २७ मत ल्याउनुपर्दथ्यो । तर सत्ता गठबन्धनका माओवादी केन्द्रका भीमबहादुर भण्डारीले २६ मत र नेपाली कांग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गरे । 

भण्डारीले माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति र राप्रपाको कुल  २९ मत पाउनुपर्नेमा दुई सांसद अनुपस्थित रहे भने एक मत बदर भएको थियो ।

रावललाई कांग्रेस, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थन रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ