arrow

राप्रपाको जितले तङ्ग्रिएका पूर्वराजाले दिए यस्तो सन्देश

शाह वंशीय राजसंस्था कहिले चुकेको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २७ बुधबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अङ्क र आकार प्रकारमा राजनीति अलमलिएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जितसँगै आफ्नो संक्रिया बढाएका पूर्व राजाले पृथ्वीनारायण शाहको ३०१ औँ जयन्तीमा सन्देश दिँदै यस्तो बताएका हुन् । 

पूर्व राजाले विचार,आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अङ्क र आकार प्रकारमा हाम्रो राजनीति अलमलिएको बताएका छन् । ‘सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन। विचार,आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अङ्क र आकार प्रकारमा हाम्रो राजनीति अलमलिएको छ। त्यसैले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुन आवश्यक देखिन्छ’,पूर्व राजाले भनेका छन्। 

पूर्वराजा शाहले वर्तमान राज्य प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति मुलुक खुसी नरहेको पनि बताएका छन्। उनले सन्देशमा भनेका छन् ,' राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुन्छ भन्ने हामीले ठानेका छौ । सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन ।' 

उनले वर्तमान अवस्थामा हामी धेरै नै पराङमुखी, परनिर्भर र परावलम्बी हुँदा गएको बताएका छन्। उनले भनेका छन्,' इतिहास र भविष्य तथा नेपालीको स्वाभिमान सुरक्षित एवं संरक्षित हुन सक्छ भन्ने विश्वास लिएका छौं । वर्तमान अवस्थामा हामी धेरै नै पराङमुखी, परनिर्भर र परावलम्बी हुँदै गएका छौ । राष्ट्रको माटो, प्रकृति र आफ्नै प्रकारको प्रगति हाम्रा निम्ति प्रिय हुनु पर्दछ । हामी चाहन्छौँ- देश आफ्नै बाहुबलमा अघि बढोस्, राष्ट्र आफ्नै मौलिक मान्यतामा अघि बढोस्, सबै यत्न-प्रयत्न गतिविधि आफ्नै शैली ढाँचा तथा प्रक्रियाबाट अघि बढोस् ।' 

उनले शाह वंशीय राजसंस्था आफ्नो जिम्मेवारीबाट नचुक्ने समेत बताएका छन् । 'राज्य पद्धति र प्रणाली साह प्रकारले पुनरावलोकन हुनु आवश्यक राजनीतिक उतार चढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्था मौलिक विशेषता हो । राष्ट्र, राष्ट्रियता र जनहित प्रति समर्पित रहँदै समन्वयकारी जिम्मेवारी पुरा गर्न शाह वंशीय राजसंस्था कहिले चुकेको छैन ।'

पछिल्लो समय राप्रपाले प्रतिनिधिसभामा १४ सिट हासिल गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो प्रभावलाई बढाउन थालेका हुन् ।  १४ सिटे राप्रपाको चाबी पूर्वराजा शाहको हातमा रहेको छ । प्रचण्डलाई विश्वासको मत पनि उनले दिलाएका छन् । प्रचण्ड विश्वासको मत लिने तयारीमा राजाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगायत राप्रपाका सांसदलाई छुट्टाछुट्टै भेटेर कुरा गरेका थिए । 

प्रचण्ड पनि राजालाई फकाउन जोड दिँदै आएका छन् । प्रचण्डले पृथ्वी जयन्तीका दिन सार्वजनिक दिने घोषणा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ