सत्ता गठबन्धन: प्रदेश सरकारमा बाँडफाँटको कुरा मिल्यो
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
1.2k
Shares
फाइल तस्विर।
काठमाडौं। सत्ता गठबन्धनले प्रदेश नेतृत्वको टुङ्गो लगाएको छ। बालुवाटार प्रधानमन्त्री निवासमा भएको बैठकमा प्रदेशको नेतृत्व कल्ले र कसरी गर्ने भन्ने टुङ्गो लागेको हो।
स्रोतका अनुसार मधेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्नेछन्। वाग्मती र सुदूर पश्चिममा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने छन्।
त्यसैगरि लुम्बिनी र गण्डकीमा एमालेले पूर्ण कार्यकाल सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेशमा माओवादीले पूर्ण कार्यकाल सरकारको नेतृत्व गर्ने छ। प्रदेश नं १मा एमालेले मुख्यमन्त्री नियुक्त गरिसकेको छ।