arrow

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
hikmat-karki-edited.jpg

विराटनगर। प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन्। नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष मुख्यमन्त्रीको लागि दाबी पेस गरेका थिए। 

एमाले नेता कार्कीले ९३ सदस्यीय प्रदेशसभाका बहुमत सदस्य ६० जनाको समर्थनसहित आज दिउँसो ४:२० मा दाबी पेस गरेका थिए।

बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीलाई प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेशसभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री कार्कीको शपथ ग्रहण सोमबार हुने छ। मुख्यमन्त्रीमा नियुक्त कार्कीले सोमबार सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ