arrow

एमालेले पायो प्रदेश १ को मुख्यमन्त्री, ओली निकट कार्की बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
hikmat-karki-edited.jpg

काठमाडौं । प्रदेश १ को मुख्यमन्त्री नेकपा एमालेले पाएको छ। सत्ता साझेदार दलहरूले आजै प्रदेश प्रमुखसामु प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको नाम पेश गर्ने तयारीमा छन् ।  

सत्ता साझेदारबीच भागबण्डामा एमालेले मुख्यमन्त्री पाएको हो । यसअघि मुख्यमन्त्रीमा नेकपा एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका थिए । माओवादीले भने सभामुख पाएको छ । 

एमाले संसदीय दलका नेता रहेका कार्की अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । झापा ५ को क्षेत्र नम्बर क बाट प्रदेशसभामा निर्वाचित कार्की स्थायी कमिटी सदस्य पनि हुन्।

प्रदेश १ मा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, राप्रपा र जसपासहितको गठबन्धन दुई तिहाइ बहुमत नजिक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ