arrow

भारत जानेक्रममा दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता

logo
प्रकाश चन्द्र भट्ट
प्रकाशित २०७९ पुष २३ शनिबार
Tuin-darchula-mahakali.jpg

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् । नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट  महाकाली नदीमा बेपत्ता हुन् । 

बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछिपछि गएका दीपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ । 

व्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण घटना ढिलो गरी जानकारीमा आएको हो । उनी  ब्रहमस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ