arrow

सुदूरपश्चिम प्रदेश 

संसदीय दलको नेता छान्न कांग्रेसले निर्वाचन गर्दै

logo
सुनिल आउजी,
प्रकाशित २०७९ पुष २० बुधबार
congress-sudurpachhim-office.jpg

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । संसदीय दलको नेता चयन गर्ने विषयमा सहमति नहुँदा आज दिउसो २ बजे निर्वाचन हुने भएको हो । 

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको कार्यालयमा निर्वाचन हुने प्रदेश महामन्त्री नरनारायण शाहले जानकारी दिएका छन् । दलको नेताका लागि ७ जनाले दाबी रहेको शाहले बताए । 

दलको नेता छान्न सहमति नभए बुधबार नै चुनावी प्रक्रियामा गई टुङ्गो लगाउने उनले बताए । 

संसदीय दलको नेता बन्न प्रदेश महामन्त्री मेघराज खड्का, मान बहादुर रावल, बहादुर थापा , दिवान सिं विष्ट , शिवराज भट्ट , प्रकाश देउवा र कमल शाहले दाबी गरेका छन् । 

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसबाट १९ जना प्रदेश सभा सदस्यीय रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ