arrow

चिकित्सक केसीको मार्मिक पुस्तक ‘शून्यको मूल्य’ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
sunyako-mulya.jpg

काठमाडौं । डा. नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ पुस्तक सार्वजनिक भएको छ । काठमाडौंमा आज डा. बाबुराम भट्टराई, डा. अरुणा उप्रेती, डा. रिता थापा र कलाकार सुरक्षा पन्तले पुस्तक सार्वजनिक गरे । 

बालरोग विशेषज्ञ डा. केसीको यो पहिलो पुस्तक हो । उनी लामो समयदेखि आफ्नै गृह जिल्ला सुर्खेतमा कार्यरत छन् । पुस्तक सृजनात्मक गैरआख्यान विधाको हो । 

पुस्तकका बारेमा बोल्दै जनश्वास्थ्यविद डा. अरुणा उप्रेतीले पुस्तक कर्णालीको ऐना भएको बताउँदै यसले कर्णाली र सिंगो नेपालका महिलाको स्वास्थ्यको समाजशास्त्रीयकोण प्रस्तुत गरेको उल्लेख गरिन् । 

डा. उप्रेतीले शून्यको मूल्य कर्णालीको कहाली र त्यो कहालीभित्रको कथा भएको बताए । त्यस्तै अर्की वक्ता जनश्वास्थ्यविद डा. रिता थापाले स्वास्थ्यका कुरालाई मेडिकल जार्गनमा नभनी रैथाने भाषामा भनिएकाले पुस्तकले पाठकलाई तानिरहने बताइन् । 

स्तकमा भावुकतामात्र नभइ वैज्ञानिक मान्यतालाई आधार बनाएकाले यो पुस्तक तथ्योन्मुख भएको उनको जिकिर थियो । स्वास्थ्य सेवालाई स्थानीय स्तरमा सुदृढ गर्न विभिन्न कथाका माध्यमले भनिएको कुरा सबै नीतिनिर्माताले बुझ्नुपर्ने उनले उल्लेख गरिन् ।  

कलाकार सुरक्षा पन्तले आफ्नो कर्णाली बँसाइको अनुभव सुनाउँदै शून्यको मूल्य तथ्य र भावनाको समिश्रण भएको मनछुने पुस्तक बनेको बताइन् । 

डाक्टर केसीको कथा भन्ने शैलीले कायल पारेको बताउँदै यस पुस्तकले सर्वसाधारण पाठकदेखि नीतिनिर्माण तहका पाठकलाई पनि तान्ने उनको धारणा थियो । विशेष डाक्टरहरु र नेता तथा नीतिनिर्माण तहकाले नछुटाइ पढ्नुपर्ने यो पुस्तकले आमाको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक श्वास्थ्यलाई दिगो विकासका लक्ष्यको शुरुआतमा राख्नुपर्ने कुरालाई जोड दिएको उनको भनाइ थियो । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली भाषामा लेखिएका कमै पुस्तकमात्र आफूले दोहोर्याएर पढ्ने गरेको बताउँदै शून्यको मूल्य दोहोर्याएर पढेको बताए । 

सृजनात्मक गैर आख्यान विधाले आफूलाई पनि यसै पुस्तकमार्फत आकर्षित गरेको उनको भनाइ थियो । डा. भट्टराईले शून्यको मूल्य विज्ञान र कलाको समिश्रण भएर पठनीय पुस्तक बनेको बताए । उनले भने, ‘जान्ने भएपछि आँशु झारेर नरोएको धेरै भएको थियो । यो पुस्तकले मेरो आँखाबाट कतिपटक आँशु झार्यो मैले गन्नै सकिन ।’

पुस्तकले संयुक्त राष्ट्रसंघको दिगो विकासको १७ लक्ष्यमा आमाको स्वास्थ्य त्योभन्दा माथि भएकाले पुस्तकले आमाहरुको स्वास्थ्य नै विकासको शुरुआत हो भन्ने कुरालाई बुझाएको बताउँदै डा. भट्टराईले यो पुस्तकको युगान्तकारी महत्व भएको उल्लेख गरे । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ