arrow

शेयरमा सुधार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
bull-stock-nepse-share.jpg
तस्बिर – फाइल ।

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा आज १७.२६ अंक वृद्धि हुँदा शेयर बजार २०४६.२९ विन्दुमा पुगेको छ । आज ०.८८ प्रतिशतले शेयर बजार बढेको हो ।

साथै, २६१ कम्पनीको कारोबारमा एक करोड ८ लाख ८० हजार ९०४ कित्ता शेयर किनबेच हुँदा चार अर्ब चार करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज नबिल बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोडभन्दा बढीको शेयर बिक्री भएको छ । नेपाल दूरसञ्चार कम्पनीको १९ करोडभन्दा बढीको शेयर बिक्री भएको छ । 

सृजनशील लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । साथै खप्तड लघुवित्त, धौलागिरि लघुवित्तको ९।९९ प्रतिशत र अजोड बिमा प्रभु बिमाको ९.९८ प्रतिशतले मूल्य वृद्धि भएको छ। 

कुल १२१ कम्पनीको सेयर उकलो लागेको छ भने ८७ कम्पनीको मूल्य ओरालो लागेको छ । जम्मा चार कम्पनी स्थिर रहेका छन् ।  

आज विकास बैंक र फाइनान्सबाहेक सबै उपसूचकमा हरियाली छाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ