arrow

भट्ट बने सुदूरपश्चिमको माओवादी नेता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
maobadi-kendra-maoist-centre.jpg

कैलाली । नेकपा  माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् ।

संसदीय दल आयतबार बसेको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो । स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत रहेका भट्ट दलको नेतामा चयन भएका हुन् । 

शनिबारको बैठकमा सहमति नभएपछि पुनः आइतबार बसेको बैठकले भट्टलाई दलको नेतामा चयन गर्दै माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने जिम्मा पनि दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ